गृहपृष्ठ ∕
अर्थ ∕
प्राविधिक समस्याका बावजुत शेयरबजारमा सामान्य सुधार
प्राविधिक समस्याका बावजुत शेयरबजारमा सामान्य सुधार
नेप्सेको सिस्टम टिएमएसमा देखिएको समस्याका बाबजुत आइतबार शेयरबजार ४.६४ अंकको सुधार हुँदै कारोबार रकम डेढ अर्व माथी भएको छ । आइतबार शेयरबजार खुलेदेखिनै प्राविधिक समस्या आएकोले लगानीकर्ताले निकै तनाव खेप्नुपर्यो भने कारोबारका लागि सवा ५ बजेसम्म कुर्नुपर्यो ।

प्राविधिक समस्याले गर्दा लगानीकर्ताको अडर डबल पोष्टिङ हुन पुगेको थियो । जसकारण खातामा भएभन्दा बढी सेयर बिक्री हुँदा झनै तनावमा परे । तनावका विच लगानीकर्ता संयमित हुँदा शेयर बजार सकारात्मक बनेर बन्द भएको छ ।
आइतबार नेप्से सूचक ४.६४ अंकले बढेर १४६२.६७ विन्दुमा आइपुगेको छ । १८५ कम्पनीको १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा ३६ लाख ८५ हजार ९६३ कित्ता शेयर खरिदबिक्री भयो ।
आजको कारोबारमा ३ समूहका सूचक नकरात्मक हुँदा अन्य सूचक भने सकरात्मक देखिएको छ ।
शेयरबजारको मुख्य हिस्सा ओगटेको वाणिज्य बैंक समूहको सूचक भने ७.४४ अंकले ऋणात्मक हुँदा सेन्सेटिभ इण्डेक्स सकरात्मक हुन सकेन । त्यस्नै, निर्जीवन बिमा समूह सबैभन्दा धेरै ९४.३ अंकले बढेको छ । एनआरएन इन्फ्रास्टक्टरको भाउ सबैभन्दा धेरै ९.७६ प्रतिशतले बढेको छ । कारोबार रकमको आधारमा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अग्रस्थानमा छ ।
क्याटेगोरी :
अर्थ