Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो


आइतबार छापावाल सुनको भाउ तोलामा तीन सयले बढेर प्रतितोला ९७ हजार २०० र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुनको भाउ प्रतितोला ९६ हजार ९०० रुपैयाँ रहेको थियो।

पछिल्लो समय अन्तराष्ट्रिय सुन बजारमा नै सुनको भाउ उतार चढाव देखिएको छ । आइतबार सुन बजार बन्द भएतापनि अघिल्लो दिन सुन प्रति अउन्स एक हजार ९६२ डलरमा कारोबार भएको थियो।

चाँदीको भाउ भने आइतबार स्थिर रहेको छ। यस दिन चाँदी शुक्रबारकै भाउ प्रतितोला एक हजार ३४० रुपैयाँ तोकिएको हो।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया दिनुहोस