Techie IT
×
गृहपृष्ठअर्थशुक्रबार सुनको भाउ घट्यो

शुक्रबार सुनको भाउ घट्यो


शुक्रबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । छापावाला सुन प्रतितोला ९६ हजार ९०० र तेजाबी सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

एक हजार ३४० रुपैयाँ निर्धारण गरिएको छ ।

शुक्रबार अन्तराष्ट्रिय बजारमा पनि आज सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। उक्त बजारमा सुन प्रति अउन्स एक हजार ९४२ डलरमा खरिदबिक्री भइरहेको छ।

सुनको भाउमा उतारचढाव आइरहँदा ब्यवसाय भने ठप्प प्राय नै रहेको सुनचाँदी ब्यवसायीहरुले बताउँछन् । काठमाडौं उपत्यका लगायत देशको अधिकांश जिल्लाहरुमा निशेधाज्ञा जारी भएकोले सुनको भाउलाई लिएर उपभोक्ताको खासै चासो हुन छाडेको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस