Techie IT
×
गृहपृष्ठअर्थशेयरबजारमा सामान्य करेक्सन

शेयरबजारमा सामान्य करेक्सन


साताको अन्तिम कारोबार दिन शेयरबाजरमा सामान्य करेक्सन देखिएको छ । बिहीबार नेप्से परिसूचक ४ अंक घटेर १४५८.०४ विन्दुमा आइपुगेको छ। हप्ताको शुरु दिन देखि नै बढ्न थालेको नेप्से साताको अन्तिममा आइपुग्दा ब्रेक लागेको हो ।

बिहीबारको कारोबारमा यसअघि सस्तोमा शेयर उठाएका अल्पकालिन कारोबारीले शेयरविक्रीमा ल्याउँदा विक्रीमा धेरै शेयर आउँदा नेप्से सूचक दवामा परेको देखिन्छ ।

यस दिन १८८ कम्पनीको २८ हजार ३८५ पटकको कारोबारमा १ अर्ब ९८ करोड १७ लाख ६१ हजार रुपैयाँ बराबरको ४९ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पनि एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै दिव्यश्वरी हाइड्रोपावर र शिवम् सिमेन्ट्सको शेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तैगरी, सामुदायिक लघुवित्त र गुराँस लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस