Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउ तोलामा आठ सय बढ्यो

सुनको भाउ तोलामा आठ सय बढ्यो


बिहीबार सुनको भाउ बढेको छ। बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार १०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

यसैगरी, चाँदीको भाउ पनि बिहीबार बढेको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य वृद्धि भएको छ। उक्त बजारमा प्रति अउन्स एक हजार ९४३ डलरमा खरिदबिक्री भइरहेको छ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस