Techie IT
×
गृहपृष्ठअर्थसुनचाँदीको भाउ घट्दो क्रममा

सुनचाँदीको भाउ घट्दो क्रममा


बुधबार सुनको भाउ घटेको छ । केहि दिनयता घट्न थालेको सुनको भाउ बुधबार पनि घटेको छ। भदौ १० गते , बुधबार सुनको भाउ बिहीबारको तुलनामा तोलामा ४०० रुपैयाँले घटेको हो।

यस दिन छापावाला सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९७ हजार २०० रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३१० रुपैयाँमा झरेको छ। काठमाडौं उपत्यका लगायत देशका अधिकांश जिल्लाहरुमा जारी भएको निषेधाज्ञाका कारण सुन चाँदी कारोबार भने ठप्पप्राय रहेको छ ।

कोरोना भाइरस सन्त्रासका कारण अन्तराष्ट्रिय बजारमै उच्च भएको सुनको भाउ अहिले भ्याक्सिनहरु उत्पादन हुन थालेसँगै केही सस्तिन थालेको हो ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस