Techie IT
×
गृहपृष्ठअर्थशेयरबजार परिसूचक नेप्से ९.३४ अंकले बढ्यो

शेयरबजार परिसूचक नेप्से ९.३४ अंकले बढ्यो


मंगलबार शेयरबजार परिसूचक नेप्से ९.३४ अंकले बढेर १४४०.९४ विन्दुमा आइपुगेको छ । त्यस्तै सेन्सेटिभ सूचक ०.८३ अंकले बढेर २९३.९७ विन्दुमा पुगेको छ।

यस दिन १८९ वटा कम्पनीको १ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ८६ कम्पनीको शेयरमूल्य बढेको छ।

मंगलबार नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ७.६९ प्रतिशतले बढेको छ भने समृद्धि फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ६.५४ प्रतिशतले घटेको छ ।

मंगलबारको कारोबारमा इन्स्योरेन्स कम्पनीहरुले लिड गरेको देखिन्छ । कारोबार रकमको आधारमा उच्च कारोबार हुने शीर्ष १० कम्पनीमा ७ वटा इन्स्योरेन्स कम्पनी रहेका छन्।
यस दिन कारोबारमा आएका १२ वटा उपसमूहमध्ये ९ वटा उपसमूहको सूचक सकारात्मक देखिएका छन् ।

बैंकहरुले लगानीगर्ने अन्य क्षेत्र नभएपछि ब्याजदर सस्तो हुँदा उक्त रकम शेयरबजारमा परिचालन भएको शेयर कारोबारीहरु बताउँछन् ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस