Techie IT
×
गृहपृष्ठअर्थमंगलबार पनि सुनको भाउ घट्यो

मंगलबार पनि सुनको भाउ घट्यो


काठमाडौं, ९ भदौ । मंगलबार सुनको भाउ घटेको छ । केहि दिन देखि नै घट्न थालेको सुनको भाउ मंगलबार पनि घटेको छ । मंगलबार सुनको भाउ तोलामा नै ७०० रुपैयाँले घटेको हो ।

यस दिन छापावाल सुन प्रतितोला ९७ हजार २०० र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत मंगलबार प्रतितोला एक लाख ४०० रुपैयाँमा खरिद बिक्री भएको सुनको भाउ त्यसयता घट्न थालेको छ ।

कोरोना भ्याक्सिनको विभिन्न परीक्षणहरु सफल भैरहेको र बजारमा आउने चर्चा चुलिएसँगै सुनको भाउ घटेको अनुमान गरिएको छ।

मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँ तोकिएको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस