गृहपृष्ठ ∕
अर्थ ∕
समाज लघुवित्तमा आइपीओ आवेदन दिने आज अन्तिम दिन
समाज लघुवित्तमा आइपीओ आवेदन दिने आज अन्तिम दिन
काठमाडौं, ८ भदौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन हो। लघुवित्तले भदौ ४ गतेदेखि ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनमा ल्याएको हो।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार लघुवित्तको आईपीओ बिक्री खुल्ला भएको तेस्रो दिनसम्ममा १२७.७३ गुणा बढी आवेदन परेको छ। लघुवित्तको उक्त आईपीओमा आवेदन गर्न इच्छुकले आज बेलुकी ५ बजेसम्म आवेदन गर्न सक्ने छन्।
लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ।
क्याटेगोरी :
अर्थ