Techie IT
×
गृहपृष्ठअर्थशेरयरबजार बढ्यो, नेप्सेमा १२.७७ अंकले बृद्धि

शेरयरबजार बढ्यो, नेप्सेमा १२.७७ अंकले बृद्धि


आइतबार शेयरबजार परिसूचक नेप्से १२.७७ अंकले बढेर १४१०.३४ अंकमा आइपुगेको छ । यस दिन कारोबार रकम १ अर्ब नाघेको छ। उपत्यकामा निषेधाज्ञाका बाबजुत कारोरबो रकम १ अर्ब नाघ्नु सकरात्मक रुपमा हेरिएको छ ।
आइतबार १८४ कम्पनीको १६ हजार ५७९ पटकको कारोबारमा १ अर्ब १० करोड ८० लाख ५३ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ६६२ कित्ता शेयर खरिदबिक्री भएको छ।

आजको कारोबारमा नेको इन्स्योरेन्सको १४ करोड ६४ लाख ३ हजार रुपैयाँ बराबरको २ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्को ७ करोड १९ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज १२ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा र उत्पादनमूलक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार, जलविद्युत र म्युचुअल फण्डको परिसूचक घटेको छ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस