Techie IT
×
गृहपृष्ठअर्थलिवर्टी इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन, सबै शेयर बिक्री

लिवर्टी इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन, सबै शेयर बिक्री


काठमाडौं, ७ भदौ । लिवर्टी इनर्जी कम्पनीले निष्काशन गरेको आइपीओमा आवेदन दिने आज (भदौ ७ गते) आईतबार
अन्तिम दिन हो। कम्पनीले भदौ ३ गतेदेखि बुधबारदेखि ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ निष्काशन गरेको हो। कम्पनीले निष्काशन गरेको करिब सबै शेयर बिक्री भईसकेको छ।

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम ३७ करोड ५० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३७ लाख ५० हजार कित्तामध्ये स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरि बाँडफाँट नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ निष्काशनमा ल्याएको हो।

प्रतिकित्ता १०० अंकित दरका सो शेयरमा न्यूनतम १० कित्ताका देखि अधिकतम १० हजार कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया दिनुहोस