तीजको दिनमा सुनको भाउ स्थिर
काठमाडौं । तीजको दिन सुनको मूल्य स्थिर रहेको छ । नेपाली महिलाहरुको महान पर्व तीज शुक्रबार मनाउँदैछन् । देशका अधिकांश जिल्ला एवं स्थानीय तहहरुमा अहिले निषेधाज्ञा भइरहेकाले पनि बजार सुनसान छ । सजिलैसँग सुन कारोबार हुन पाएको छैन ।
आज छापावाल सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य पनि तोलाको ९८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । बिहीबार पनि यही मूल्यमा कारोबार भएको थियो । यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १३ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ रहेको थियो ।
क्याटेगोरी :
अर्थ