Techie IT
×
गृहपृष्ठअर्थआजबाट बैंकहरु खुल्ने, बैंकका कर्मचारीलाई आउजाँउ गर्न सहज बनाइयो

आजबाट बैंकहरु खुल्ने, बैंकका कर्मचारीलाई आउजाँउ गर्न सहज बनाइयो


हिजो बैंक खोल्न हिडेका कर्मचारीलाइ प्रहरीले रोकेपछि बन्द भएका बैंकहरु गृहमन्त्रालयले नरोक्न निर्देशन दिएपछि आज भने सिमित संख्या खोली सेवा दिने भएका छन् ।

गृहमन्त्रालयले उपत्याकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बैंकका कर्मचारीलाई नरोक्न निर्देशन दिएपछि आजदेखि बैंक खुल्ने भएका हुन् ।

निषेधाज्ञाका पहिलो दिन हिजो बैंकिङ सेवा प्रभावित भएका थिए । तर आज दोस्रो दिन सिमित संख्यामा खोलिने भएका छन् । हिजो प्रहरीले कार्यालय हिंडेका कर्मचारीलाइ रोकेर तनाव दिएपछि नेपाल बैंकर्स संघले सेवा दिन नसकिएको भन्दै खुलेका बैंकपनि एकाएक बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले बैंकलाई अत्यावश्यक सेवामा राखेको छ । नेपाल राष्ट्र बैंकले स्थानिय प्रशासनको समन्वयमा केही शाखा खोलेर सेवा दिन निर्देशन दिएको छ ।

बैंकका कर्मचारीलाई सहज रुपमा आवतजावत गर्न दिएमा बैंक बन्द गर्नु पर्ने अवस्था नै नआउने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

सरकारले न्यूनतम कर्मचारीको उपस्थितिमा न्यूनतम शाखा खोल्न अनुमति दिए पनि बैंक जान हिँडेका बैंकका कार्मचारीलाई बाटोमा रोकेको र अनावश्यक झन्झट दिएकाले बैंक खोल्न समस्या हिजो परेको थियो । तर आज सहज हुने आश्वासन पाएपछि नियमित रुपमा सिमित शाखा खोल्ने उनले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण बढेपछि बैंकहरूले उपत्यकामा एक बैंकले ८ शाखासम्म खोेलेर सेवा दिने भएका छन् ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस