Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउ स्थिर

सुनको भाउ स्थिर


बुधबार सुनको भाउ स्थिर रहेको छ । अघिल्लो दिन मंगलबार तोलामा दुई हजार २०० ले बढेर एक लाख नाघेको सुनको मूल्य यस दिन भने स्थिर रहेको छ ।

यसरी बुधबार छापावाला सुन प्रतितोला एक लाख ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँ नै कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव देखिएसँगै नेपाली सुन बजारमा पनि मूल्यमा अनिश्च्तिता कायम रहेको छ । मंगलबार अन्तराष्ट्रिय बजारमा सुन एक हजार ९९२ डलर प्रति अउन्समा खरिदबिक्री भएको थियो । आज पनि सोहि मूल्यमा सुन किनबेच भइरहेको छ । यद्यपी मूल्यमा सामान्य घटबढ भने भइरहेको देखिन्छ ।

चाँदी भने यस दिन सामान्य रुपले घटेको छ । आज चाँदी तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया दिनुहोस