मंगलबार सुनको भाउ फेरी बढेको छ । विगत केहि दिनयता घटेको सुनको भाउ मंगलबार फेरी एकलाख नाघेको छ । मंगलबार सुनको भाउ तोलामा नै एक हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाला सुन प्रतितोला एक लाख ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, मंगलबार चाँदीको भाउमा पनि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३८० रुपैयाँ तोकिएको छ ।
अन्तराष्ट्रिय बजारमा पनि केहि दिन देखि सुन तथा चाँदी भाउमा उतार चढाव देखिंदै आएकोमा मंगलबार भने उच्च रुपले बृद्धि भएको छ । यस दिन अन्तराष्ट्रिय बजारमा सुन प्रति अउन्स एक हजार ९९२ डलर मा खरिदबिक्री भइरहेको छ ।
अन्तराष्ट्रिय बजारमा बर्कशियर हाथवेले टोरन्टोस्थित बेरिक गोल्ड कर्पोरेशनमा शेयर भएको खुलासा गरेपछि पनि सुनको भाउ बढेको हो ।
क्याटेगोरी :
अर्थ
ट्याग : #hot