सुनको भाउ घट्न थालेको छ । आइतबार सामान्य घटेको सुनको भाउ सोमबार पनि घटेको छ ।
सोमबार सुन तोलामा २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९८ हजार २०० र तेजाबी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमाा खरिदबिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन आइतबार सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि यस दिन तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य सामान्य घटेको छ । सोहि कारण नेपाली सुन बजारमा यसको प्रभाव परेको हो । अन्तराष्ट्रिय बजारमा आज सुनको भाउ प्रति अउन्स एक हजार ९४३ डलरमा कारोबार भइरहेको छ ।
क्याटेगोरी :
अर्थ
ट्याग : #hot