Techie IT
×
गृहपृष्ठअर्थप्रभु बैंकले बिक्रीमा ल्याएको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड

प्रभु बैंकले बिक्रीमा ल्याएको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड


काठमाडौं, ३२ साउन । प्रभु बैंकले बिक्रीमा ल्याएको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड भएको छ। ऋणपत्र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको कार्यलयमा गत शुक्रबार बाँडफाँड गरिएको हो।

बैंकको ऋणपत्रमा सर्वसाधारण समूहलाई सात लाख ६० हजार कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा २ हजार ३०८ जना आवेदकहरुबाट कूल सात लाख ३० हजार ३६५ कित्ता ऋणपत्रको लागि आवेदन परेको थियो।

त्यस मध्ये ४१७ जना आवेदकहरुबाट आवेदन पर्न आएको जम्मा तीन लाख ५१ हजार २३१ कित्ता ऋणपत्र विभिन्न कारणवश रद्ध भएको हुँदा रितपूर्वक १ हजार ८९१ जना योग्य आवेदकहरुलाई मात्र माग गरे बमोजिम नै बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। रितपूर्वक १ हजार ८९१ जना योग्य आवेदकहरुलाई कूल ३ लाख ७९ हजार १३४ कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो।

त्यसैगरी व्यक्तिगत तवरबाट १२ लाख कित्ता ऋणपत्र खरिद आह्वान गरिएकोमा ४५ जना योग्य आवेदकहरुलाई सर्वसाधारण समूहबाट बाँकी रहेको ३ लाख ८० हजार ८६६ कित्ता समेत गरी कूल १५ लाख ८० हजार ८६६ कित्ता ऋणपत्र बाँडफाँड गरिएको छ।

बैंकले गत श्रावण १९ गतेदेखि श्रावण २३ गतेसम्म एक हजार रुपैयाँ अंकित दरमा “१०५ प्रभु बैंक डिबेन्चर २०८४” निष्काशन गरेको थियो। जसमा १२ लाख कित्ता डिबेन्चरले हुन आउने कूल१ अर्ब २० करोड ऋणपूँजी रकम बरावरको विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चरले हुन आउने कूल ८० करोड ऋण पूँजी रकम ९५५ अर्थात ४०,००० युनिट सामुहिक लगानी कोषका लागि बाडँफाँट गरी० बाँकी रहेको ७,६०,००० कित्ता डिबेन्चर सर्वसाधारण नेपालीहरुको लागि निष्काशन खुल्ला गरिएको थियो ।

प्रभु बैंकको ऋणपत्रमा माग गरिएको भन्दा ३।०७ गुण बढीले आवेदन परेको क्यापिटलले जनाएको छ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया दिनुहोस