Techie IT
×
गृहपृष्ठअर्थआइतबार सुनचाँदीको भाउ घट्यो

आइतबार सुनचाँदीको भाउ घट्यो


काठमाडौं, ३२ साउन । आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला ९८ हजार ६०० तोकिएको सुनको भाउ आइतबार घटेको हो। यस दिन छापावाला सुनको भाउ प्रतितोला ९८ हजार ४०० र तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

सुनका साथै चाँदीको भाउमा पनि आइतबार सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम रहेको चाँदी आज भने ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३२५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

अन्तराष्ट्रिय बजारमै सुनचाँदीको भाउमा उतारचढाव आइरहेकोले सोही प्रभाव नेपाली बजारमा परेको हो । आइतबार अन्तराष्ट्रिय बजारमा सुन प्रति आउन्स एक हजार ९४४ डलरमा किनबेच भइरहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस