Techie IT
×
गृहपृष्ठअर्थफेरी बढ्यो सुनको भाउ

फेरी बढ्यो सुनको भाउ


काठमाडौं, २९ साउन । बिहीबार सुनको भाउ फेरी बढेको छ। अघिल्लो दिन बुधबार छापावाल सुन तोलामा ६ हजार २०० रुपैयाँले घटेको सुनको मूल्य बिहीबार तोलामा दुई हजार ४०० रुपैयाँले बढेर ९७ हजार ८०० रुपैंया र तेजाबी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि बिहीबार तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको भाउ तोलामै २२५ रुपैयाँले घटेर प्रतितोला एक हजार २१० रुपैयाँमा खरिदबिक्री भएको थियो।

अघिल्लो दिन बुधबार अन्तरराष्ट्रिय बजारमा पनि सुन तथा चाँदीको भाउमा उच्च गिरावट आएसँगै नेपाली बजारमा त्यसको प्रभाव परेको थियो।

सुनको मूल्य बढेर नयाँ उचाई कायम गरेपछि अन्तरराष्ट्रिय बजारका लगानीकर्ताहरु बिक्री गरि नाफा बुक गर्दा बुधबार भाउमा उच्च गिरावट देखिएको हो। बुधबार उच्च दरले भाउ घटेपछि लगानीकर्ताहरु पुनः सुन खरिद गर्न थालेपछि बिहीबार सुनको भाउ बढेको हो।


क्याटेगोरी : अर्थ
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस