Techie IT
×
गृहपृष्ठअर्थशेयरबजारमा सामान्य सुधार

शेयरबजारमा सामान्य सुधार


काठमाडौं । शेयर बजारमा सामान्य सुधार देखिएको छ। बजार खुलेदेखिकै उतार चढाव देखिएको शेयरबजार अन्तत हरियै भएर बन्द भएको छ ।

बजार बढ्ने वित्तिकै अल्पकालिन लगानीकर्ताले नाफा बुक गर्दा नेप्से सूचकमा दवाव परेको छ ।

बुधबार नेप्से सूचक १.५१ अंकले बढेर १४२५.३२ विन्दुमा रोकिएको छ । १८८ कम्पनीको ९५ करोड १९ लाख रुपैयाँभन्दा बढीको कारोबार हुँदा कुल ३० लाख ३२ हजार ३११ कित्ता शेयर खरिदबिक्री भएका छन् । कुल १२ समूहको कारोबार भएकामा ६ वटा समूहका सूचक सकरात्मक भएका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूह ३९.०८ अंकले बढेको छ ।त्यस्तै, वाणिज्य बैंक समूहको सूचक ३.८१ विन्दुले माथि लागेको छ ।

साधना लघुवित्तको भाउ सबैभन्दा धेरै ९.८९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा युनियन हाइड्रोपावर परेको छ । खरिदबिक्रीमा युनाइटेड इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसको ६ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल पुनर्बीमा कम्पनी र तेस्रोमा नेपाल लाइफ इन्सुरेन्स रहेका छन् ।


क्याटेगोरी : अर्थ


Leave a Reply

Your email address will not be published. Required fields are marked *