Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउमा उच्च गिरावट, तोलाको ६ हजार २०० रुपैंयाले घट्यो

सुनको भाउमा उच्च गिरावट, तोलाको ६ हजार २०० रुपैंयाले घट्यो


काठमाडौं, २८ साउन । बुधबार सुनको भाउमा गिरावट आएको छ । सुनको भाउ एकैदिन तोलाको ६ हजार २०० रुपैंयाले घटेर ९५ हजार ४०० निर्धारण भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । मंललबार छापावाल सुन तोलाको एक लाख १ हजार ६०० रुपैंया निर्धारण गरिएको थियो ।

अन्तराष्ट्रिय बजारमै सुनको भाउ उच्च दरले घट्न पुगेपछि नेपाली बजारमा समेत घटेको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंस १८८४ डलरमा कारोबार भइरहेको छ ।

त्यस्तै बुधबार चाँदी तोलाको १ हजार २१० रुपैंयामा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ एक्कासी उच्च रुपले घट्नुको मुख्य कारण भनेको कोरोना भाइरस विरुद्धको पहिलो भ्याक्सिन रसियामा दर्ता भएको घोषणा हुनु नै हो । कोरोना त्रासका विच आश जगाउने समाचार प्रशासित भएसँगै सुनको भाउ ओरालो लागेको हो ।

तिज नजिकिँदै गर्दा सुनको भाउ केही सस्तिएपछि सुनसान भैसकेको सुनचाँदी ब्यवसायमा सुधार आउने ब्यवसायीहरु बताउँछन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार