Techie IT
×
गृहपृष्ठअर्थशेयरबजार ऋणात्मक, नेप्से सूचक ६.६१ अंकले घट्यो

शेयरबजार ऋणात्मक, नेप्से सूचक ६.६१ अंकले घट्यो


काठमाडौं । मंगलबारको शेयरबजार ऋणात्मक बनेको छ । यस दिन नेप्से सूचक ६.६१ अंकले घटेर १४२३.८१ अंकमा रोकिएको छ । शेयरबजारमा परिसूचक नेप्से दिनभरको उतारचढाव सामान्य अंकले घट्न पुगेको हो । कोरोना सन्त्रासका विच बजारका टाठा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकाले नेप्सेले गति समाउन सकिरहेको छैन ।

मंगलबार कुल १९० कम्पनीको १ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ३६ लाख ३० हजार ८४५८ कित्ता सेयर खरिदबिक्री भएका छन् । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै होटल समूहको सूचक ४३.२३ अंकले घटेको छ ।
आज बढ्नेमा साधना लघुवित्त र अजोड इन्सुरेन्सको शेयर करिब १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको शेयर भाउ सबैभन्दा धेरै ९.८० प्रतिशतले घटेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अग्रस्थानमा रहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस