Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउ घट्दा, चाँदीको भाउ बढ्यो

सुनको भाउ घट्दा, चाँदीको भाउ बढ्यो


निरन्तर बढेर उच्च रेकर्ड राख्दै आएको सुन गत आइबारदेखि घट्न थालेको छ । साउन २७ गते मंगलबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाला सुन प्रतितोला एक लाख एक हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार १०० रुपैयाँ तोकिएको छ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउमा गिरावट आएकोले नेपाली बजारमा समेत केही सस्तो पर्न आएको हो । मंगलबार प्रतिअउन्स दुई हजार १५ डलरमा कारोबार भएको छ।

सुनको भाउ घट्दा चाँदीको भाउ भने मंगलबार उकालो लागेको छ। यस दिन चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस