गृहपृष्ठ ∕
अर्थ ∕
शेयरबजारमा हरियाली छाउँदा नेप्से सूचक ३७.७४ अंकले बढ्यो
शेयरबजारमा हरियाली छाउँदा नेप्से सूचक ३७.७४ अंकले बढ्यो
काठमाडौं । साताको दोश्रो कारोबार दिन सोमबार शेयरबजारमा हरियाली छाएको छ । केही दिनयता निरन्तर घटेको बजार आइतबारबाट फेरि सुधारको संकेत देखिएको छ । शेयरबजारमा हरियाली छाउँदा कारोबार रकम समेत राम्रै देखिएको छ । राम्रा कम्पनीको शेयर पनि सस्तो भाउमा पाइन थालेपछि लगानीकर्ताहरु आकर्षित भएका हुन् ।
शेयरबजारमा साउन पछिको समय बाली भित्र्याउने अवसरको रुपमा समेत लिइने हुँदा कम्पनीहरुको आर्थिक विवरण प्रकाशित भइरहँदा त्यस्को सकरात्मक प्रभाव समेत पर्न गएको हो ।बर्षभरीको लगानीबाट प्रतिफल प्राप्त गर्ने बेला हो यो ।

सोमबार नेप्से सूचक ३७.७४ अंकले बढेर १४३०.४१ विन्दुमा आइपुगेको छ । नेप्से २.७१ प्रतिशतले बढेको हो । कुल १८९ कम्पनीको १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४२ लाख ५२ हजार ८०८ कित्ता शेयर खरिदबिक्री भएका छन् । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक २२३.१५ अंकले बढेको छ ।
यसैगरी, वाणिज्य बैंक समूहको सूचक ३२.९३ अंकले माथि लागेको छ । साधना लघुवित्त र अजोड इन्सुरेन्सको सेयर १०प्रतिशतले बढेको छ ।
घट्नेमा दिव्यश्वरी हाइड्रोपावरको शेयर भाउ सबैभन्दा धेरै ५.७०प्रतिशतले घटेको छ ।
खरिदबिक्री रकमको आधारमा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अग्रस्थानमा रहेको छ । यसको ६ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
क्याटेगोरी :
अर्थ
ट्याग : #hot