Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउ तोलाको २ सयले घट्यो

सुनको भाउ तोलाको २ सयले घट्यो


काठमाडौं, २६ साउन । सोमबार सुनको भाउ २ सय रुपैंयाले घटेको छ । यस दिन छापावाला सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंले जनाएको छ।

आइतबार छापावाल सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार तोलाकै १ लाख ३ हजार ५ सय पुगेर नयाँ रेकर्ड बनाएको सुनको भाउ त्यसयता भने दुई दिन लगातार घटेको छ ।

त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउमा गिरावट आएको छ। सोमबार प्रतिअउन्स दुई हजार २९ डलरमा सुन किनबेच भइरहेको छ।

आज सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। सोमबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री भएको छ।

निरन्तर रुपमा आकाशिएको सुन र चाँदीको भाउ अन्तरराष्ट्रिय बजारमा घटेसँगै नेपाली बजारमा पनि सामान्य रुपले घटेको हो।


क्याटेगोरी : अर्थ
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस