गृहपृष्ठ ∕
अर्थ ∕
शेयरबजारमा सामान्य सुधार, ११.३० अंकले बढ्यो नेप्से
शेयरबजारमा सामान्य सुधार, ११.३० अंकले बढ्यो नेप्से
साताको पहिलो दिन आइतबार शेयर बजारमा सामान्य सुधार भएको छ । दिनभरको कारोबारमा उतार चढाव देखिँदा अन्यमा आउँदा नेप्सेले आशा जगाएको छ । विगत केही दिनयता घट्दो क्रममा देखिएको नेप्से सूचक दोहोरो अंकले माथि लागेपछि लगानीकर्ता केही उत्साहित देखिएका छन् ।
बिभिन्न कम्पनीहरुको वित्तिय विवरण प्रकाशित गर्ने लहर चलेसँगै टाठा लगानीकर्ताहरुले लाभांषको अनुमान गर्दै लगानी बढाउँदा अन्तिममा शेयरबजार हरियो बन्न पुगेको छ ।

आइतबार नेप्से सूचक आइतबार ११.३० अंकले बढेर १३९२.६८ विन्दुमा आइपुगेको छ । १८७ कम्पनीको ९१ करोड १६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । ३० लाख ३० हजार ३३१ कित्ता शेयर खरिदबिक्री हुँदा होटेल बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।
सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १२९.५६ अंकले माथि लागेको छ । यता, वाणिज्य बैंक समूहको सूचक ७.९२ अंकले बढेको छ । अजोड इन्सुरेन्स र साधना लघुवित्तका लगानीकर्ताले करिब १०प्रतिशतका दरले कमाएका छन् । गणपति माइक्रोफाइनान्सको भाउ सबैभन्दा धेरै ३.८५ प्रतिशतले घटेको छ । अजोड इन्सुरेन्सको सबैभन्दा धेरै ९ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, नेपाल पुनर्बिमा कम्पनी र नेपाल लाइफ इन्सुरेन्स पनि कारोबार रकममा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
क्याटेगोरी :
अर्थ