सुनको भाउमा सामान्य गिरावट, चाँदीको बढ्यो
काठमाडौं, २५ साउन । केही दिनदेखि उच्च दरले बढेर दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको सुनको भाउमा आइतबार सामान्य गिरावट आएको छ।
आइतबार छापावाल सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला एक लाख २ हजार ६०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख २ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार चाँदीको मूल्य भने बढेको छ। यसदिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी :
अर्थ
ट्याग : #hot