Techie IT
×
गृहपृष्ठअर्थव्यवसायी शारदामाथिको निरन्तर आक्रमण : राजनीतिक प्रतिशोध

व्यवसायी शारदामाथिको निरन्तर आक्रमण : राजनीतिक प्रतिशोध


शैलुङ कन्स्ट्रक्सनले रासायनिक मल ठेक्का पाएपछि केही सञ्चारमाध्यमलाई टाउको दुखाइको विषय बनेको छ ।

कानूनी, मूल्य, मान्यता, नीति, नियम पालना गरी कन्स्ट्रक्सन कम्पनीले सरकारी ठेक्का पाएकोमा मिडियामा एकतर्फी रुपमा समाचार प्रवाह गर्दै जनतालाई नै भ्रम फैलाउने खेतीमा किन लागि परेका होलान ?

कुन सञ्चारमाध्यममा कसको लगानी छ र त्यसले प्रकाशन/प्रसारण गर्ने समाचारमा कसको पक्षपोषण गर्छ र कसलाई खुइल्याउने र कसलाई भगवान जसरी पुज्ने कार्य मिडियाले कसरी गर्छ भन्ने कुराको बारेमा अधिकांश पाठक स्पष्ट छन् ।

शारदा अधिकारीले नेपालको नीति नियम अननुसार टेण्डर पाएका हुन र उनले तोकेकै समयमा मल ल्याउने स्पष्ट बताइरहेका छन् । कोरोनाको कहरका बीचमा पनि आफूले पाएको निर्धारित समयमा नै मल ल्याउने बताइरहेका छन् । तर, पनि उनलाई लगातार एकथरि मिडियाबाट लखेटिएको छ । उनीभन्दा पहिला ठेक्का पाएका र मल समयमा नै नल्याएकाबारेमा कुनै मिडियाको समाचार बन्दैन । उनी अध्यक्ष प्रचण्डको घरबेटी भएकै कारण प्रचण्डसँग राजनीतिक प्रतिशोध साँध्न शारदालाई प्रायोजित रुपमा लखेटिएको छ ।

हो, करोडौँ ठेक्का पट्टा मार्फत विकास निर्माणका काम गर्दा केही कमीकमजोरी हुने गर्दछन् । तर उसले कानूनी रुपमा राज्यलाई कर तिरेर व्यवसाय गर्न पाउने कि नपाउने ? यो एउटा ज्वलन्त प्रश्न हो । शैलुङ कन्स्ट्रक्सनका सञ्चालक अधिकारीको घरमा प्रचण्ड डेरा गरी बस्नु र प्रतिस्पर्धाबाट ठेक्का हात पार्नुलाई एकमुष्ठ रुपमा जोडेर समाचार प्रकाशन गर्नु तर अधिकारीको भनाइलाई कुनै पनि स्थान नदिनुलाई कस्तो पत्रकारिता भन्ने ?

अधिकारीले कानून बमोजिम कम्पनी खडा गरेर सरकारी काम हात पार्नुलाई शारदालाई भन्दै प्रचण्डका विरुद्ध प्रहार गर्ने एकथरि मिडियालाई मसला बनिरहेको छ ।

शारदा अधिकारीले जहाँजहाँ कमजारी गरेका छन् त्यसमा प्रहार गर्नु ठीकै होला तर रासायनिक मलको खरिद प्रकरणमा उनले पाएको समय नहुँदै किन प्रायोजित प्रचार भइरहेको हो ? यसले मिडियाको प्रतिशोधपूर्ण प्रचार नै सावित हुन्छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस