Techie IT
×
गृहपृष्ठअर्थखरिद बिक्री खाता प्रमाणीकरणको म्याद पुस मसान्तसम्म थपियो

खरिद बिक्री खाता प्रमाणीकरणको म्याद पुस मसान्तसम्म थपियो


काठमाडौं। आन्तरिक राजश्व विभागले खरिद बिक्री खाता प्रमाणिकरण गर्ने म्याद थप गरिदिएको छ। आन्तरिक राजस्व विभागले व्यवसायीको सहजताको लागि पुस मसान्तसम्म म्याद थप गरिएको जनाएको छ

कोरोना भाइसर संक्रमण दर उच्च रुपले बृद्धि भैरहँदा पनि आन्तरिक राजश्व कार्यालयहरुमा खाता प्रमाणिकरणको लागि आउने सेवाग्राहीहरुको भीड बढेपछि साउन मसान्त सम्म रहेको म्याद पुष मसान्त सम्मको लागि थप गरिएको हो ।

मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरुले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १६(३) बमोजिम प्रत्येक वर्ष कर अधिकृतबाट खरिद तथा बिक्री खाता प्रमाणित गराउनु पर्ने कानूनी प्रावधान छ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया दिनुहोस