Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउ आजपनि बढ्यो, नौ बर्षपछि चाँदीको पनि नयाँ रेकर्ड

सुनको भाउ आजपनि बढ्यो, नौ बर्षपछि चाँदीको पनि नयाँ रेकर्ड


काठमाडौं, २३ साउन । आजपनि सुनको भाउ तोलाको १ हजार रुपैंयाले बढेर १ लाख तीन हजार ५०० रुपैंया कायम भएर अहिलेसम्मकै उच्च भाउ रहन पुगेको छ ।

त्यस्तै, नेपाली बजारमा चाँदीको भाउ अहिलसम्मकै उच्च रहन पुगेको छ । यस अघि २०६८ साल बैंशाख १८ गते तोलाको १३५० रुपैंया पुगेको थियो । शुक्रबार तोलाको १४०५ रुपैंया पुगेको छ, जुन हालसम्मकै उच्च रेकर्ड हो ।

चाँदीले सातबर्षपछि नयाँ रेकर्ड बनाउँदा सुनले भने केही दिनयता निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको छ ।

सुनको भाउ नेपालमा मात्र उच्च होइन अन्तरराष्ट्रिय बजारमा पनि आकाशिएको छ। बिहीबार अन्तराष्ट्रिय बजारमै प्रतिआउन्स २०५३.८० डलर पुगेको छ। कोरोना भाइरसको महामारी फैलिएसँगै लगानीकर्ताहरुले सुरक्षित लगानीका लागि सुन रोजेका कारण सुनको मूल्य दिनप्रतिदिन नयाँ उचाईमा पुग्न थालेको हो।

सुनचाँदीको भाउ उच्च भएपछि पसलमा भने सुनसान छाएको छ । तोलाकै एक लाख बढीभएपछि पसलहरुमा सो गरेर सुन राख्ने अवस्था समेत नभएको ब्यवसायीले बताउने गरेका छन् । सुनको भाउ उच्च हुँदा स्टक बढेर मख्ख पर्नुपर्ने ब्यवसायीहरु ब्यापार नभएपछि झन् चिन्तामा डुबेका छन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस