Techie IT
×
गृहपृष्ठअर्थनेप्से १.२९ अंकले घट्दा कारोबार रकम खुम्चियो

नेप्से १.२९ अंकले घट्दा कारोबार रकम खुम्चियो


बिहीबार शेयरबजार परिसूचक नेप्से १.२९ अंकले घटेर १३८१.३७ विन्दुमा आइपुग्दा सेन्सेटिभ इण्डेक्स ०.६३ अंक, फ्लोट इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१ अंक घटेको छ।

कारोबार रकममा पनि यस दिन खुम्चिएको छ। बुधबारको तुलानामा करिब ३० करोडले कमी भएको देखिन्छ । बिहीबार मात्र करिब ९२ करोडको शेयर खरिदबिक्री भएको छ। कुल १८६ कम्पनीको २० हजार ५४८ पटकको कारोबारमा ९१ करोड ८१ लाख ८९ हजार रुपैयाँ बराबरको २३ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भयो ।

बिहीबार ३ वटा कम्पनीहरुको गुराँस लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स र नेपाल फाइनान्सको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ। त्यस्तै, यस दिन ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ७.४१ प्रतिशत बढेको छ।

घट्नेमा महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य भने यस दिन सर्वाधिक ६.०६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन स्वाभिमान लघुवित्त, कालिका पावर, हिमाल दोलखा हाइड्रोपावर र अपि पावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २ हजार ३७० पटकको कारोबारमा ११ करोड ७८ लाख ५१ हजार रुपैयाँ बराबरको २ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार कारोबारमा आएका १२ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल उपसमूहको परिसूचक सर्वाधिक २.२७ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको सर्वाधिक १.१ प्रतिशत घटेको छ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस