Techie IT
×
गृहपृष्ठअर्थदैनिक नयाँ रेकर्ड बनाउँदै सुनको भाउ

दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको भाउ


काठमाडौं, २२ साउन । बिहीबार नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ। नेपाली सुनचाँदी बजारमा बुधबारको तुलानामा तोलामा एक हजार १०० रुपैयाँले बढेर ऐतिहासिक रकर्ड बनाएको हो ।

यस दिनको लागि छापावाला सुनको भाउ प्रतितोला एक लाख दुई हजार ५०० र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ नेपालमा मात्र उच्च होइन अन्तरराष्ट्रिय बजारमा पनि आकाशिएको छ। बिहीबार अन्तराष्ट्रिय बजारमै प्रतिआउन्स दुई हजार ४४ डलर पुगेको छ। कोरोना भाइरसको महामारी फैलिएसँगै लगानीकर्ताहरुले सुरक्षित लगानीका लागि सुन रोजेका कारण सुनको मूल्य दिनप्रतिदिन नयाँ उचाईमा पुग्न थालेको हो।

यसैगरी, बिहीबार चाँदीको भाउ पनि ५० रुपैयाँले बढेको छ। यसदिन चाँदी प्रतितोला एक हजार ३४५ रुपैयाँ तोकिएको हो ।

सुनको भाउ उच्च भएपछि सुनचाँदी पसलमा भने सुनसान छाएको छ । तोलाकै एक लाख बढीभएपछि पसलहरुमा सो गरेर सुन राख्ने अवस्था समेत नभएको ब्यवसायीले बताउने गरेका छन् । सुनको भाउ उच्च हुँदा स्टक बढेर मख्ख पर्नुपर्ने ब्यवसायीहरु ब्यापार नभएपछि झन् चिन्तामा डुबेका छन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार