Techie IT
×
गृहपृष्ठअर्थकोरोनाकै कारण उद्योगका २२ प्रतिशत कामदारले गुमाए जागिर

कोरोनाकै कारण उद्योगका २२ प्रतिशत कामदारले गुमाए जागिर


करोना संक्रमणको कारण २२.२ प्रतिशत उद्योगमा काम गर्ने कर्मचारीले जागिर गुमाएका छन् । नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणले बन्दाबन्दी अवधिमा उद्योग व्यवसायीहरूले २२.५ प्रतिशत कर्मचारी÷कामदार कटौती गरेको देखाएको हो ।

कटौती भएकामध्ये अस्थायी र करारका कामदार दुई तिहाइभन्दा धेरै रहेका राष्ट्र बैंकको भनाइ छ । होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी र कामदार कटौती गरेको देखिएको छ ।

सो अवधिमा घरेलु उद्योग र लघु उद्यम र साना खुद्रा व्यापारीहरूले अन्यको तुलनामा धेरै कर्मचारी र कामदार कटौती गरेको पाइएको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस