गृहपृष्ठ ∕
अर्थ ∕
सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, तोलाका एक लाख नाघ्यो
सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, तोलाका एक लाख नाघ्यो
काठमाडौं, २१ साउन । दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको सुनको भाउ बुधबार एक लाख नाघेको छ। साउन २१ गते बुधबार सुनको भाउ अघिल्लो दिनको तुलनामा एक हजार ६०० रुपैयाँले बढेर एक लाख एक हजार ४०० रुपैयाँ पुगेर अहिले सम्मकै नयाँ रेकर्ड कायम गरेको छ।

बुधबार तेजाबी सुन प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेर एक हजार २९५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको भाउले उच्च रेकर्ड कायम गरेको छ। बुधबार सुनको मूल्य प्रतिअउन्स २ हजार ३० डलरमा पुगेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
कोरोना भाइरसको महामारी व्यापक रुपमा बढ्दै गएसँगै लगानीकर्ताहरु सुरक्षित लगानीका रुपमा सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्य दिनप्रतिदिन नयाँ उचाईमा पुग्न थालेको हो।
क्याटेगोरी :
अर्थ
ट्याग : #breaking