शेयर बजारमा पहिरो, नेप्से सूचकमा दवाव
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा पहिरो गएको छ । बजारमा अल्पकालीन कारोबारीहरु कोरोनाको त्रास देखाएर नाफा बुक गर्न सक्रिय हुँदा नेप्से सूचक दवावमा परेको छ । ट्रेडरहरुले नाफा बुक गर्दै फेरी सस्तोमा किन्ने दाउ रच्नखोज्दा नेप्से सूचक बजार खुलेदेखिनै दवाबमा रह्यो ।

शेयरबजार परिसूचक नेप्से आइतबार ४२.७८ अंकले घटेर १३९६.२८ विन्दुमा अडिएको छ । १८९ कम्पनीको १ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४६ लाख ६१ हजार ६०८ कित्ता सेयर खरिदबिक्री भएको छ ।
खरिदबिक्री भएका सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक २८३.८ अंकले तल झरेको छ । यसैगरी, वाणिज्य बैंक समूहको सूचक ४१.४८ अंकले तल आएको छ । आरम्भ चौतारी, नेपाल फाइनान्स लगायतका कम्पनीको भाउ १०प्रतिशतले बढेको छ ।
त्यस्तै, आइतबार जोशी हाइड्रोपावर, ओरियन्टल होटेल लगायतका कम्पनीको शेयर भाउ सबैभन्दा धेरैले घटेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी २२ करोड भन्दा बढीको कारोबार गर्दै सबैभन्दा अगाडी देखिन्छ ।यसैगरी, नेपाल लाइफ इन्सुरेन्स र एनएमबि बैंक पनि धेरै कारोबार हुनेमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
क्याटेगोरी :
अर्थ
ट्याग : #hot