सुनको भाउ आजपनि बढ्यो, एक लाख नजिक
काठमाडौं, १८ साउन । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार १६० रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँथियो। विगत ११ दिनयता सुनको मूल्य निरन्तर उकालो लागेको छ। कोरोना भाइरस महामारी एवं अमेरिकाको इरान र चीनसंगको सम्बन्धमा तनाब बढेसँगै अन्तरराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढिरहँदा नेपाली बजारमा पनि सुनको भाउ लगातार बढ्दो क्रममा छ। अन्तरराष्ट्रियस्तरमा नै लगानीका लागि सुरक्षित क्षेत्र सुनलाई मानिरहेकाले पनि सुनको भाउ बढेको हो।
यसैगरी, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भई प्रतितोला १२३० रुपैयाँ कायम भएको छ। गत मंगलबार चाँदीको मूल्यमा उच्च वृद्धि भई प्रतितोला एक हजार २४५ रुपैयाँसम्म पुगेको थियो।
क्याटेगोरी :
अर्थ
ट्याग : #breaking