Techie IT
×
गृहपृष्ठअर्थउतारचढाव हुँदै नेप्से ७.५३ अंक बढ्यो

उतारचढाव हुँदै नेप्से ७.५३ अंक बढ्यो


काठमाडौं, १५ साउन । साताको अन्तिम कारोबार दिन बिहीबार उतारचढावका विच नेप्से परिसूचक ७.५३ अंक (०.५३ प्रतिशत) ले बढेर १४३९.०६ विन्दुमा अडिएको छ। बजार खुलेदेखिनै नकरात्मक देखिएको शेयरबाजरमा मध्यान्य पछाडी भने सम्हालिएको थियो । यस दिन १८९ कम्पनीको २१ हजार ८१८ पटकको कारोबारमा १ अर्ब ३२ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएर शीर्ष स्थानमा रहेको छ। त्यसैगरी, यस दिन नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बिहीबार कारोबारमा १० कम्पनीहरुको शेयर सर्किट लेभलमा कारोबार भएको छ। सोमध्ये आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य मात्र १०० भन्दा बढी रहेको छ। हिमालयन उर्जा र रैराङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य भने यस दिन बढेर १०० रुपैयाँ नाघेको छ। यी बाहेक यस दिन खानीखोला हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, नेशनल हाइड्रो, आँखुखोला जलविद्युत, यूनियन हाइड्रो, जोशी हाइड्रो र घलेम्दी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यस्तै, घोडीघोडा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ९.८५ प्रतिशत घटेर ८२४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ५.३४ प्रतिशत घटेको छ।

बिहीबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन उत्पादनमूलक उपसमूहको परिसूचक सर्वाधिक ०.९९ प्रतिशत बढेको छ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस