दोहोरो अंकले घट्यो शेयर बजार
काठमाडौं, १४ साउन । बुधबारको शेयरबजार दोहोरो अंकले घटेको छ । अल्पकालीन कारोबारीको हावाी हुँदा नेप्से सूचकले दबाबको झेल्नु परेको छ । अल्पकालीन कारोबारीहरुले सस्तोमा उठाएको शेयर बिक्रीमा ल्याउँदा बिक्री चाप बढ्न जाँदा बजार प्रभावित बन्यो ।

बजार जवरजस्ती घटाएर शेयर किन्नेहरु निकै सक्रिय भएको समेत आरोप लाग्ने गरेको छ । नेप्से सूचक बुधबार २३.३६ अंकले घटेर १४३१.५२ विन्दुमा आइपुगेको छ । १८७ कम्पनीको १ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३८ लाख ३९ हजार ६७१ कित्ता सेयर कारोबार भएको छ । नेप्सेमा कारोबार भएका सबै समूहका सूचक घटेका छन् ।
जीवन बिमा समूह सबैभन्दा धेरै १९०.८२ अंकले घटेको छ । वाणिज्य बैंक समूहको सूचक २१.७६ अंकले माथि लागेको छ । कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अघि छ । यसको १५ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, नेपाल लाइफ इन्सुरेन्स, एनआइसी एसिया बैंक पनि धेरै कारोबार हुनेमा दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
क्याटेगोरी :
अर्थ
ट्याग : #hot