गृहपृष्ठ ∕
अर्थ ∕
सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम जारी, तोलाको ९८ हजार पाँच सय पुग्यो
सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम जारी, तोलाको ९८ हजार पाँच सय पुग्यो
१४ साउन, काठमाडौं । बुधबार सुनको भाउले फेरी पनि ऐतिहासिक उचाई छोएको छ । आज, सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

बुधबार छापावाला सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ९८ हजार ६५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार पनि एकैदिन सुनको मूल्य ८०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार ७६० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ । यसदिन चाँदीको मूल्य २० रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँका कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।
क्याटेगोरी :
अर्थ
ट्याग : #breaking,
#hot