Techie IT
  • २०८१ वैशाख १२, बुधबार

सांस्कृतिक युद्धको मैदानमा चीनलाई चुनौती दिन खोज्दै अमेरिका


काठमाडौं । अमेरिकाले सांस्कृतिक युद्धको मैदानमा चीनलाई चुनौती दिन खोजेको देखिएको छ । संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) मा पुनः सम्मिलित हुने योजना बनाएको अमेरिकाको विदेशमन्त्रालयले पुष्टि गरेबाट यस्तो देखिएको हो । युनेस्को छोडेको वषौँ पछि अमेरिकी अधिकारीहरूले यो प्लेटफर्मलाई चीनसँग विभिन्न ठाउँमा अमेरिकाको प्रतिस्पर्धा हुन सक्ने आवश्यकता देखेका छन् । अमेरिकी विदेश मन्त्रालयले जुन ८मा पेरिसस्थित निकायलाई त्यस्तो पत्र पठाएको थियो । जसमा पाँच वर्षको अनुपस्थिति पछि संगठनमा फर्कने इच्छा व्यक्त गरिएको थियो। मन्त्रालयले एपीसँगको कुराकानीमा अमेरिकालाई युनेस्कोले सदस्यता दिने विश्वास गरेको छ । सन् २०११ मा प्यालेस्टाइन संगठनको पूर्ण सदस्य बनेपछि तत्कालीन राष्ट्रपति बाराक ओबामाको नेतृत्वमा अमेरिकी सरकारले युनेस्कोलाई दिँदै आएको रकम कटौती गरेको थियो । सन् २०१७ मा डोनाल्ड ट्रम्पको प्रशासनमा युनेस्कोलाई औपचारिक रूपमा अमेरिकाले छोड्ने निर्णय गरेको थियो । “चीन अहिले युनेस्कोमा सबैभन्दा ठूलो योगदानकर्ता हो,“ विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मार्चमा उल्लेख गरेका थिए। ब्लिन्केनले कांग्रेसलाई सम्भावित युनेस्को फिर्ताका लागि लगभग१५ करोड अमेरिकी डलर बजेट छुट्याउन आग्रह गरेका थिए ।  



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट