Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउमा मंगलबार पनि ऐतिहासिक रेकर्ड

सुनको भाउमा मंगलबार पनि ऐतिहासिक रेकर्ड


सुनको भाउ मंगलबार पनि ऐतिहासिक उच्चाइमा पुगेको छ । पछिल्लो समय उच्च रुपले बढ्दै आएको सुनको भाउले साउन १३ गते मंगलबार पनि नयाँ रेकर्ड राखेको छ।


मंगलबार छापावाल सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ पुगेको छ। त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९७ हजार ७६० रुपैयाँमा खरिद बिक्री भइरहेको महासँघले जनाएको छ।

अघिल्लो दिन सोमबार पनि सुनको भाउ तोलामा एक हजार २०० रुपैयाँले बढेर ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै मंगलबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार २४५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा समेत भाउमा नयाँ रेकर्ड
अन्तर्राष्ट्रिय बजारमा मंगलबार समेत सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

बहुमूल्य धातु सुनको मूल्य मंगलबार प्रतिअउन्स एक हजार ९४७ डलरमा कारोबार भइरहेको छ । सुरुवाती कारोबारमा सुनको मूल्य ४० डलरभन्दा धेरैले बढेर एक हजार ९८० डलरको बिन्दु पार गरेको थियो ।

विश्व बजारका लगानीकर्ताहरु कम जोखिम रहेको अर्थात् सुरक्षित लगानीको क्षेत्रका रुपमा रहेको सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्य उच्च रुपमा बढ्न पुगेको बताइएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस