Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउमा दैनिक नयाँ रेकर्ड, तोलाको ९७ हजार ५ सय रुपैंया पुग्यो

सुनको भाउमा दैनिक नयाँ रेकर्ड, तोलाको ९७ हजार ५ सय रुपैंया पुग्यो


काठमाडौं, १२ साउन । पछिल्लो केही दिनदेखि बढेर दैनिक नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यले सोमबार एकैदिन तोलाको १ हजार २ सय रुपैंयाले बढेर नयाँ रेकर्ड कायम गरेको छ।

आइतबार छापावाल सुनको मूल्य तोलाको ९६ हजार ३ सय रुपैयाँले रहेकोमा सोमबार एकैदिन १ हजार २ सय रुपैंयाले बढेर हालसम्मकै उच्च मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, सोमबार चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर १ हजार २१० रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य तोलामा १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो।

कोरोना भाइरस विश्वभर फैलिएर संक्रमण दर हालसम्मकै उच्च भैरहँदा सुनको भाउ अन्तराष्ट्रिय स्तरमानै महंगिएको छ । नेपालमा सुनको श्रोत आयात मात्र भएकोले विदेशमा बढेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्ने गरेको छ ।

कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउनका कारण संकट आइसकेको सुनचाँदी ब्यवसायमा फेरी दैनिक रुपमा भाउ बढ्न थालेपछि सुनसान देखिएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #hot

प्रतिक्रिया दिनुहोस