Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

शेयरबजार परिसूकच नेप्से २२.४ अंकले बढ्यो, करिब २ अर्बको कारोबार


आइतबार नेप्से परिसूचक २२.४ अंकले अर्थात् १.५५ प्रतिशत बढेर एक १४६४.८८ विन्दुमा आइपुग्दा सेन्सेटिभ इण्डेक्स ३.५९ अंकले बढेको छ।

 

आइतबार नेप्सेसँगै कारोबार रकममा पनि सुधार भयो। यस दिन १९० कम्पनीहरुको ३२ हजार ६२५ पटकको कारोबारमा १ अर्ब ९२ करोड ५१ लाख ७ हजार रुपैयाँ बराबरको ४४ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।

भरखरै मात्र नियुक्त भएका गर्भनरबाट पूँजीबजार मैत्री मौद्रिक नीति आउनु नै शेयरबजार बढ्नुको प्रमुख कारणको रुपमा लिन सकिन्छ । मौद्रिक नीतिका कारण लगानीकर्ताहरुको मनोबल उच्च भएको छ । जसकारण बजार र कारोबार रकममा दैनिक सुधार भइरहेको छ।

आज तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ९ प्रतिशत बढेको छ। त्यसैगरी, जोशी हाइड्रोपावर र सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य यस दिन ८ प्रतिशतभन्दा बढी बढेको छ।

त्यस्तै, आइतबार बेष्ट फाइनान्सको शेयरमूल्य सर्वाधिक ६.५४ प्रतिशत घटेको छ। अन्य समूहमा सुचिकृत कम्पनीहरुको शेयरमूल्य भने ४ प्रतिशतभन्दा कम दरमा घटेको छ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot

प्रतिक्रिया


ताजा अपडेट