Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

सुनचाँदी ब्यवसायी महासंघको तेश्रो महाधिवेशन असोज २५ र २६ गते काठमाडौंमा हुने

हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन :


काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेश्रो महाधिवेशन तथा ७ औं बार्षिक साधारणसभा आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ । महासंघको हालै सम्पन्न १७ औं कार्यसमितिको भर्चुअल बैठकले यो निर्णय गरेको हो । बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ । यसको लागि असोज १२ गतेको मिति तय भएको छ ।
महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका निमित्त बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप समितिहरु समेत गठन गरेको छ ।

हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन :
यस्तै, बैठकले हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन गर्ने निर्णय गरेको छ । आम उपभोक्ताको सर्वोपरी हितलाई मध्यनजर गर्दै महासंघले यस विषयमा थप प्रष्ट हुने गरी हिरा लगायत रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याव स्थापना गर्ने निर्णय पनि गरेको छ । हाल बहुमूल्य हिरा तथा पत्थरको सक्कली–नक्कली र मूल्य एकीन नहुँदा आम उपभोक्ता मर्कामा पर्दै आएका छन् ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट