Techie IT
  • २०८१ असार ३, आइतबार

नेपाल रिपब्लिका मिडियाको आईपीओ निष्कासन


काठमाडौं, २६ जेठ । नागरिक दैनिक पत्रिका निकाल्दै आएको नेपाल रिपब्लिका मिडियाले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) जेठ २६ (आज) देखि निष्कासन सुरु गरेको छ । यो मिडिया क्षेत्रकै आईपीओ निष्कासन गर्ने पहिलो कम्पनी हो । कम्पनीले जारीपुँजी ९६ करोड ७६ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रुपैयाँको बराबरको आईपीओ निष्कसन गरेको हो । सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये ४ प्रतिशतले हुन आउने एक लाख ७४ हजार १२० कित्ता आईपीओ कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् दुई लाख १७ हजार ६५० कित्ता आईपीओ सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि १० प्रतिशतले हुन आउने चार लाख ३५ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ३५ लाख २५ हजार ९३० कित्ता आईपीओ निष्कासन गरेको छ । यो आईपीओमा आवेदकले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् । जेठ ३० गतेसम्म मागअनुसार आवेदन नपरे असार ८ गतेसम्म आवेदन खुला रहने कम्पनीले जानकारी दिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीलाई क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआर बी प्लस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम जनाउँछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । कम्पनी गत आर्थिक वर्षको अन्त्यसम्म नोक्सानीमा रहेको छ । यो कम्पनी तीन वर्षसम्म पनि नोक्सानीमा नै चल्ने आह्वान पत्रमा उल्लेख छ । आह्वान पत्रअनुसार आगामी आर्थिक वर्ष २०८१/०८२ सम्म यो कम्पनीको नोक्सानी घट्ने बताइएको छ ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट