Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउमा नयाँ रेकर्डको क्रम जारी, तोलाको ९६ हजार ३ सय रुपैंया

सुनको भाउमा नयाँ रेकर्डको क्रम जारी, तोलाको ९६ हजार ३ सय रुपैंया


पछिल्लो केही दिनदेखि बढेर दैनिक नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यले आइतबार पनि नयाँ रेकर्ड कायम गरेको छ।

आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसदिन छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार सुनको मूल्य एक हजार ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार १५५ रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस