Techie IT
×
गृहपृष्ठअर्थसुनले बनाउँदैछ दैनिक नयाँ रेकर्ड, तोलाकै ९५ हजार ८ सय रुपैयाँ !

सुनले बनाउँदैछ दैनिक नयाँ रेकर्ड, तोलाकै ९५ हजार ८ सय रुपैयाँ !


काठमाडौं, ९ साउन ।  शुक्रबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर हालसम्मकै उच्च रेकर्ड राखेको छ। बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेर ऐतिहासिक रेकर्ड राखेको हो।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम छ। अघिल्लो दिन चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस