Techie IT
×
गृहपृष्ठअर्थनेप्से सूचक १० अंकले बढ्यो

नेप्से सूचक १० अंकले बढ्यो


साताको अन्तिम कारोबार दिन शेयरबजार परिसूचक नेप्से १०.१३ अंक बढेर एक हजार ४४२.६१ विन्दुमा पुगेको छ।

बिहीबार कारोबारमा आएको तारगाउँ रिजेन्सी होटल, मिर्मिरे माइक्रोफाइनान्स, ओरियण्टल होटल र कालिका लघुवित्तको शेयरमा सकारात्मक सर्किट लाग्नेगरी बढेको थियो ।

बिहीबार मल्टीपर्पस फाइनान्स र हिमालयन उर्जाको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

त्यस्तै, बिहीबार सेन्सेटिभ इण्डेक्स ०.७४ अंक बढेर ३०३.९० विन्दुमा पुगेको छ। त्यसैगरी, बिहीबार १८७ कम्पनीको २८ हजार ६४९ पटकको कारोबारमा एक अर्ब ३२ करोड ७१ लाख ३५ हजार रुपैयाँ बराबरको ३३ लाख ९२ हजार ९६९ कित्ता शेयर खरिदबिक्री भएका छन् । कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

आज कारोबारमा आएका १२ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस