Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउमा नयाँ रेकर्ड कायम, तोलाको ९४ हजार रुपैंया

सुनको भाउमा नयाँ रेकर्ड कायम, तोलाको ९४ हजार रुपैंया


सुनको भाउ आज तोलको ९४ हजार रुपैंया कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन मंलबार तोलाको ९२ हजार ७ सय रुपैंया रहेकोमा बुधवार तोलामा १ हजार ३ सय रुपैंयाले बढेर आज ९४ हजार रुपैंया पुगेको हो । त्यस्तैगरी तेजावी सुन तोलाको ९३ हजार ५६० रुपैंया कायम गरिएको छ ।

चाँदीको भाउ पनि तोलाको १ हजार १३५ रुपैंया पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा ११५७.७७ यूएस डलरमा प्रतिऔंस कारोबार भइरहेको छ भने नेपालको बजारमा डलरको एक्सचेन्ज रेट ११९.६५ रहेको छ ।

नेपाली बजारमा श्रावण महिना त्यसैपनि सुनको अफसिजन हो । अफ सिजनको बेला उच्च दरले बढेको र कोरोना संक्रमणको त्रास कायमै रहेकोले सुनपसलहरु सुनसान देखिन्छन् भने सुन ब्यवसायीहरु भने किन्ने भन्दा विक्री गर्ने बढी आउने गरेको बताउँछन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस