Techie IT
×
गृहपृष्ठअर्थशेयरबजार सूचक नेप्से १४.१९ अंकले घट्यो, करिब ३ अर्बको कारोबार

शेयरबजार सूचक नेप्से १४.१९ अंकले घट्यो, करिब ३ अर्बको कारोबार


सोमबार शेयर बजारमा निकै उतारचढाव देखिएको छ । बजार खुल्ने वित्तिकै उच्च दरले बढेर बजार खुलेको आधा घण्टा नबित्दै दुई पोजेटिभ सर्किट लागेको शेयरबजार बन्द हुने समयमा आइपुग्दा गिरावट भएर बन्द भएको छ।

 

सोमबार नेप्से परिसूचक ०.९५ प्रतिशत अर्थात १४.०९ अंक घटेर एक हजार ४६४.९४ विन्दुमा आइपुगेको छ। बजार खुल्ने वित्तिकै ओपनिङ्ग सेसनमा ३.६१ प्रतिशत बढेको नेप्से बजार खुलेको ५३ सेकेण्डमा नै ४ प्रतिशत बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो। सर्किट लागेको २० मिनेटपछि खुलेको बजार फेरी केही समयमै ४० मिनेटको लागि स्थगित भएको थियो।

नेप्से परिसूचक नकारात्मक भएपनि यस दिन कारोबार रकम भने उल्लेख्य बढेको छ। यस दिन १८१ कम्पनीको ३३ हजार ४३३ पटकको कारोबारमा २ अर्ब ८० करोड २२ लाख रुपैयाँ बराबरको ७ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

 


क्याटेगोरी : अर्थ
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस